३ जेठ, काठमाडौँ । डिजेल र मट्टितलको मूल्य घटेको छ । आजबाट घटेको मूल्य लागू हुनेछ ।
नेपाल आयाल निगमले डिजेल र मट्टितेलको मूल्य गएरातिदेखि लागू हुनेगरी १० रुपैयाँ घटाएको हो ।
जसअनुसार अब डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा मुल्य १६५ रुपैयाँ रहेको थियो ।
तर, ‘पेट्रोल, हवाई इन्धन, एलपी ग्याँसको खुद्रा मुल्य भने हाललाई यथावत नै राखिएको’ निगमले जनाएको छ ।