राजनीति

नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै एकीकृत समाजवादीले माइतीघरमा प्रदर्शन गर्ने

४ जेठ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पार्टीले आज दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको हो ।

हिजो मात्र पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।