५ जेठ, काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस गरेका छन् ।
सोही प्रतिवेदन राष्ट्रपति पौडेलले प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित हुँन निर्देशन दिएका थिए ।