समाचार

नक्कली शरणार्थी प्ररकण : अनुसन्धान प्रतिवेदन तयार, सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी

७ जेठ, काठमाडौँ । प्रहरीले नक्कली शरणार्थी प्ररकणको अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले सरकारका पूर्वउपप्रधान र पूर्वगृहमन्त्रीसहित, सरकारका सचिवलगायत १६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पूर्वगर्हमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र सल्लाहाकार इन्द्र राईका छोरा निरजसहित १६ जना फरार छन् ।

यो प्रकरणमा तयार पारेको प्रतिवेदन प्रहरीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। प्रहरी प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गर्नेछ ।

प्रहरीका अनुसार अहिलेसम्म पक्राउ पर्नेमा पूर्व उपप्रधानमन्त्री, बहालवाला सांसद एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ छन् ।

यस्तै पूर्वगृह सचिव टेकबहादुर पाण्डे, कांग्रेस नेता आङटावा शेर्पा, शनिश्चरे नगरपालिका १० पूर्व वडाध्यक्ष सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतलाई पनि प्रहरीले पक्राउ गरेकाे थियाे ।