समाचार

सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदका दुवै सदनमा छलफल हुँदै

८ जेठ, काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । आज बस्ने दुवै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेपछि बस्दैछ ।

प्रतिनिधिसभामा आइतबारबाट नै छलफल सुरु भएको थियो । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतले आफ्नो धारणा राखेका थिए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।