समाचार

भारतको ओडिशामा रेल दुर्घटनाः २३३ जनाको मृत्यु, ९०० बढी घाइते

२० जेठ, काठमाडौं । भारतको ओडिशामा शुक्रबार भएको रेल दुर्घटनामा २२३ जनाको मृत्यु भएको छ । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै भएको दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।

हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको छ । उनले ट्वीट गर्दै यस दुर्घटनामा परी करिब ९०० जना घाइते भएका जानकारी दिएका छन् ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।