२१ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
सरकारको वार्षिक बजेटमाथि छलफल गर्न बैठक बिहान ११ बजे बस्न लागेको हो ।
आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ।
जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट पेस गरेका थिए ।