२१ जेठ, काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलगायत १८ जनालाई थुनछेक बहसका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।
जेठड १० गते नक्कली भूटानी शरणार्थी काण्डको अभियोग लागेर प्रहरी हिराशतमा बसिरहेका उच्च राजनीतिक नेतृत्वमा बसेकाहरु रायमाझी र खाँणमाथी प्रहरी अनुसँधान जारी रहेको हो ।
दुबै पक्षको बहसपछि साधारण तारेखमा छुट्ने, धरौटीमा छाड्ने वा कारागार चलान गर्ने कार्य हुने निश्चित हुन्छ ।
्
अभियुक्तहरुलाई २७ करोड ५० लाखको बिगो दाबीसहित मुद्धा परेको छ । मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनाबिरुद्ध प्रहरीले हािरशतमा राखेर अनुसंधान गरिरहेको छ भने ३० जनाको हाराहारीमा फरार छन् ।