समाचार

नेसपाको केन्द्रीय समिति बैठक आजबाट सुरु 

२५ जेठ, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपाको) केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । भक्तपुर लोकन्थली स्थित एक पार्टी प्यालेसमा आज बिहान ११ बजे देखी हुने बैठक जेठ २६ सम्म हुने भएको छ । बैठकमा पछिल्लो राजनीतिक समीक्षा गर्दै आगामी दिनको नीति तथा योजनाहरू तय गर्ने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले बताएका छन् । उनका अनुसार अध्यक्ष डा बाबुराम  भट्टराईले ‘अबको राष्ट्रको सङ्कल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुका साथै साङ्गठनिक प्रस्ताव पनि बैठकमा पेस हुनेभएको छ ।