समाचार

दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी

२६ जेठ, काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ । बैठकमा बजेटमाथि चलिरहेको छलफल जारी रहनेछ ।

संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ बजेर ३१ मिनेटमा सुरु हुनेछ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बोल्न बाँकी सांसदमा छलफल भाग लिनेछन्।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको बजेटमाथि छलफल चलिरहेको छ। अर्थमन्त्री महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सङ्घीय संसदको संयुक्त बैठकमा पेस गरेका छन्।

राजस्व सङ्कलनमा आएको कमीसँगै सरकारले अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेटको आकार घटाएको छ। अघिल्लो वर्ष नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा माओवादीका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।