२७ जेठ, काठमाडौं । आचार्य बन्धु समाज नेपालका अध्यक्ष बाबुराम आचार्य र आचार्य बन्धु सेवा समाज, झापाका अध्यक्ष ज्यो.पं. दिनेश आचार्यबीच बिश्वभरका आचार्यहरुलाई समेटेर अगाडी बढ्ने सहमती भएको छ ।

आज आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा ६७ सय ४३ वटा वडा, ७५३ स्थानीय तह, सातै प्रदेश र बिश्वभर रहनुभएका आचार्यहरुलाई एक गर्दै अगाडी लाने सहमती भएको हो । काठमाडौंमा आचार्य सेवा सदन निर्माणका लागि आचार्य बन्धु सेवा समाज, झापाले सहयोग पुर्यायुने अध्यक्ष ज्यो.पं. दिनेश आचार्यसहितका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

असार १५ गते आचार्य बन्धु समाज नेपालले आयोजना गर्ने भनिएको दही चिउरा कार्यक्रमलाई प्रतिनिधिमूलक रुपमा सहभागीता जनाउने सेवा समाज कन्काई कोटीहोम, माईधाम झापाका अध्यक्ष दिनेश आचार्यले सुर्यखबरलाई बताए ।
सम्झौतामा बाबुराम आचार्य आचार्य बन्धु समाज नेपालका अध्यक्ष र आचार्य बन्धु सेवा समाजका अध्यक्ष ज्यो.पं. दिनेश आचार्यले हस्ताक्षर गरेका छन् । प्रतिनिधिहरुमा तेज बहादुर आचार्य, योगेन्द्र प्रसाद आचार्य, .रिँग आचार्य, रोहीत आचार्य तथा एकराज आचार्य, जयराज आचार्य, भूमिराज आचार्य, .बोलराज आचार्य रहेका थिए ।