आर्थिक

अर्थमन्त्री महतले बजेट सम्बन्धी प्रश्नको  जवाफ दिँदै

२९ जेठ, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट सम्बन्धी जवाफ दिने भएका छन् ।   प्रतिनिधिसभामा उठेका बजेट सम्बन्धी प्रश्नका जवाफ आज अर्थमन्त्री महतले दिने कार्यसूची रहेको छ । 

आज १ बजे बाट प्रतिनीधीसभाको बैठक हुने भएको छ । गत जेठ १५ मा पेस भएको बजेटमा आइतबार छलफल सकिएको थियो । छलफलमा उठेका प्रश्नका जवाफ अर्थमन्त्रीले दिएपछि बजेट पारितको प्रक्रिया अघि बढ्नेछ ।