अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

२९ जेठ, एजेन्सी । अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार अबेर राति बायाँपट्टि खसेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटपाथमा पल्टिएको थियो ।

दुर्घटनापछि एक दर्जनभन्दा बढी आपतकालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरूले २० जनाभन्दा बढी मानिसहरूे अस्पताल पु¥्याएका थिए ।

एक बिरामीको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको विवाहको तस्बिरमा दुर्घटना हुनुभन्दा केही घण्टाअघि स्थानीय बगैँचाको खाली भागमा भेला भई तस्वीर खिचाएका देख्न सकिन्छ ।

कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले ५८ वर्षीय बस चालकलाई पक्राउ गर्नुअघि अष्ट्रेलियाली कानुन अनुसार अस्पतालमा लगि ‘परीक्षण’ गरिएको र उनलाई नजिकैको सेस्नोक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताएका छन् ।

“उनले अनुसन्धानमा सहयोग गरिरहेका छन् र ‘यो चरणमा चालकविद्ध कुनै आरोप लगाइएको छैन,” उनले भने।

“हामी चालकको व्यवहारका सबै तरिकाहरूको अनुसन्धान गरिरहेका छौं।

च्यापम्यानका अनुसार दुर्घटनामा परेका केही यात्रुहरू शिशा फोडेर दुर्घटनाग्रस्त बसबाट बाहिर निस्किएका थिए ।

विवाहमा सहभागी भएका यात्रुहरु आ–आफ्नो आवासतर्फ जाँदै गरेको अनुमान गरिएको च्यापम्यानले बताए।

अन्य कुनै पनि सवारी साधनसँग बस ठोकिएको नभई बसले सन्तुलन गुमाएका कारण दुर्घटना भएको थियो ।