३० जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईविरुद्ध रिटमाथि आज सुनुवाइ हुँदैछ ।
बाल सेना दुरुपयोगलगायतको आरोप लगाउँदै पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।
सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको र पछि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।
द्वन्द्वकालीन घटनासँग जोडिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो ।