उर्जा

इपान २१ औं महाधिवेशनमा पाँचजना सर्बसम्मत, यस्ता छन् उम्मेद्वार !

३० जेठ, काठमाडौं । इप्पानको २१ औं साधारण सभाको निर्वाचन प्रक्रियामा उपमहासचिवमा प्रकाशचन्द् दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित ५ जना निर्विरोध निर्वाचित भएका छन् ।

महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन् । इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २र२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । २५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको बताइएको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको तथा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी रेको छ ।

५ जना उपाध्यक्षका लागि ७ जना उम्मेदवारमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बम र ५ जना सचिवको लागि ६ जनाको उम्मेदवार रेहका छन् भने सचिव उम्मेदवारमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेल छन् ।

७ जना खुल्ला सदस्यहरूको लागि १४ जनाको उम्मेदवारी परेकोमा सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाले उम्मेदवारी परेको छ । इपानका अध्यक्ष अहिले कृष्ण प्रसाद आचार्य छन् ।