३० जेठ, काठमाडौं । अन्र्तराष्ट्रिय बालश्रम बिरुद्धको दिबश २०२३ को अबरमा आसमान नेपाल, स्वतन्त्रता अभियान, राष्ट्रिय बाल संरक्षण संजाल, गल्र्स कोलेसन, नागरिक समाज ८.७ एलायन्सको संयुक्त आयोजनामा संघिय संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितीको माननियहरुसंग बाल श्रम अन्त्यका लागि संसदिय पहल कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ ।
संघिय संसद उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितीका सभापती माननिय रणेन्द्र बरालीको प्रमुख आतिथ्यमा र स्वतन्त्रता अभियानको महासचिब सरिता न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाल संरक्षण संजालको केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले सहभागिलाई स्वागत गर्दै बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ को संसोधन र बाल श्रम मुक्त पालिका निर्माणको लागि माननिय सांसद मार्फत संघिय संसदमा प्रस्ताव मार्फत नीतिगत पहल गर्नु कार्यक्रमको उदेश्य रहेको कुरा प्रकास पारेका थिए । बालश्रम अन्त्यकालागि संसदीय पहल कार्यक्रम आसमान नेपालका कार्यक्रम व्यवस्थापक मणि राम आचार्यले संचालन गर्नु हुदै श्रमिक बालबालिकाको आबाज सुनिने गरि सहभागिता सुनिश्चित गर्न नीतिगत व्यवस्था गर्न सकेमा बालश्रम दिगो रुपमा उन्मुलन गर्न सकिने हुदा यसकालागि नीतिगत प्रावधान गर्न आग्रह गरेका थिए ।
राष्ट्रिय बाल अधिकार परिषदको पुर्ब कार्यकारी निर्देशक तथा बाल अधिकार बिज्ञ मिलन राज धरेलले बालश्रमका बिषयमा आधारपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत आधारपत्रमा नेपालमा बालश्रमको अबस्था, बालश्रम निबारणका सफल अभ्यास, नेपालमा बालश्रम बिद्यमान कानुनी ब्यबस्था, बालश्रमको सबालमा भएका कार्यक्रम र कार्यान्वयन, बालश्रम अन्त्यको लागि के कस्ता संरचनागत, नितीगत र कार्यक्रमीक व्यवस्था समावेस गरिएको थियो । प्रस्तोता विज्ञ धरेलले छलफल गर्दै समितीका माननिय सदस्यहरुलाई बालबालिका सम्बन्धि ऐन २०७५ अनुरुप स्थानीय तहमा बाल अधिकार समिती, बाल कोषको ब्यबस्था, र बाल कल्याण अधिकारीको नियुक्तिको व्यवस्था मिलाउन पहल लगायतका बिषयमा प्रस्तुती र छलफल गरेका थिए । साथै संघियताको मर्म अनुसार बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ को संसोधनकालागि तत्काल पहल गर्न समिति मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसंग कुरा उठान गर्न सकिने बताएका थिए ।
संघिय संसद उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितीको सभापती माननिय रणेन्द्र बरालीले कार्यक्रमलाई संवोधन गर्दै श्रमिक बालबालिकाको सहभागिता सुनिश्चित गर्दै उनिहरुको आबाजको आधारमा सर्बोत्तम हित हुने गरि बालश्रम रुपान्तरण गर्न श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, उनिहरुको शिक्षाको अधिकार स्थापित गर्न शिक्षा मन्त्रालय, श्रमिक बालबालिकाको सुरक्षा र संरक्षणका साथै बाल संरक्षण प्रणालिको सुदृढिकरणको लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय र सहकार्य गर्ने बताएका थिए ।
यसै गरि उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितीका सचिब राम कुमार पौडेलले बालश्रम (निषेधित तथा नियमित गर्ने) ऐन २०५६ को संसोधनका लागि संसदिय समिति मार्फत पहल गर्ने प्रतिवद्धता जनाए ।
्कार्यक्रममा गल्र्स कोलेसनको अध्यक्ष ऋतु भट्टराईले स्थानीय तहको न्यायिक समिती मार्फत बालश्रम सम्बन्धी उजुरी सुनुवाईको ब्यबस्था मिलाउन सकेमा बालश्रम न्युनिकरण गर्न सहज हुने कुरा जोड्दै यसबारेमा समितिको ध्यान आकृष्ट गरेका थिए ।
कार्यक्रममा एनएसिजिका अध्यक्ष किरण थापाले बालश्रम अन्त्य गर्ने सबालमा कानुनको पभाबकारी कार्यान्वयन र पर्याप्त बजेट बिनियोजन गरि बालश्रम निबारणको दोस्रो राष्ट्रिय गुरु योजनाको प्रभाबकारी कार्यान्वयन होस भनेका थिए। उक्त कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।