खेलकुद

विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलोपटक भिड्दै नेपाल

७ असार, काडमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल आज वेस्ट इन्डिजसँग खेल्दैछ । नेपालले पहिलोपटक विश्वकप क्रिकेट विजेतासँग खेल्न लागेको हो ।

आइसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार ब्यहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठूलो अवसर हुनेछ ।