आर्थिक

नमस्ते पे को बम्पर अफर : Laptop र Scooter को साथ नयाँ अभियान सुरु

७ असार, काठमाडौँ । नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरुलहरूका लागि विभिन्न अफर र क्यासब्याक को साथ नयाँ अभियान सुरु गरेको छ । यो अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको हो।
यस अभियान अन्तरगत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले Laptop र Scooter जित्ने मौका पाउनेछन्। अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ। साप्ताहिक अफरहरू जस्तै Smart watch,Travel Package र उडान टिकटमा १००% क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ।

त्यसैगरी, दैनिक अफरहरू जस्तै रु ५०० वालेट ब्यालेन्स, 1GB डाटा प्याक र रु १०० क्यासब्याक विशेष गरी नमस्ते पे का नयाँ प्रयोगकर्ताहरूका लागि हुन्। यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ता का साथै KYC प्रमाणित गर्नुपर्ने छ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
थप जानकारीका लागि www.namastepay.com मा हेर्नुहोस्।