८ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुरेश आचार्यले नागरिकताको विषयमा गम्भीर हुँदै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । नेता आचार्यले नागरिकता सम्बन्धी १२ गम्भीर प्रश्न गरेका छन् । उनको स्टाटस् :
पहिलेको नागरिकतामा जन्म तिथि उल्लेख नभई १६, १७ वा २२, ३७ वर्ष उल्लेख रहेछ भने नागरिकता जिप्रकाले जारी गर्दाको महिना र गतेलाई जन्म मिति जनाएर राष्ट्रिय परिचय पत्र प्रदान गर्ने सरकारी नीति गम्भीर एवं त्रुटिपूर्ण छ !
१. नागरिकता प्रमाणपत्रमा व्यक्तिको जन्म तिथि खुलेन भन्दैमा सरकारले जन्म तिथि तोक्न मिल्छ रु
२. न्वारनमा बनाइने जन्मपत्रिका (कुण्डली) लाई प्राकृतिक जन्ममितिलाई आधार मान्दा कति प्रतिशत error हुने संभावना छ, त्यसबारे गृह प्रशासनले अध्ययन गरेको छ रु छैन भने त्यसैलाई आधार मान्दा के फरक पर्ला ?
३. जन्म तिथि प्रमाणित गर्ने कुनै लिखत छैन भने जन्मतिथि प्रमाणित गर्ने अरू उपाय छैन र ? सर्वप्रथम त, सम्बन्धित व्यक्तिको आमा, बुवा, दाजु, भाई, दिदी बहिनी वा अन्य तीनपुस्ते रक्त नाताभित्रका व्यक्तिहरूबाट जन्म तिथि प्रमाणित गराउँदा मान्य नहुनु पर्ने कारण केही छ ?
४. राष्ट्रिय परिचयपत्रमा जिप्रकाको नाप्रप जारी मितिलाई जन्म तिथि मान्दा भाई बहिनी भन्दा दाजु र दिदी उमेरले कान्छो ठहरिने संभावना देखिन्छ !
५. यसरी रापपमा जन्मतिथि फरक पार्ने वित्तिकै सम्बन्धित व्यक्तिसॅग सम्बन्धित पूराना सरकारी लिखतहरू, अंशवण्डा, जग्गाको लालपूर्जा आदि लिखत, शैक्षिक प्रमाणपत्र, सवारी चालक प्रमाणपत्र, पासपोर्ट र भिसामा समेत जन्मतिथि फरक परेर ती अवैध ठहर हुने वा पुनः प्रमाणीकरण गर्नु पर्ने संभावना बढ्यो कि बढेन ?
६. जन्मतिथिको महत्व हुने न्यायीक फैसला र कैद भुक्तान वा मिनाहको गणना, सरकारी सेवामा रहेका जंगी, सुरक्षा र निजामति कर्मचारीको सेवा प्रवेशदेखि उमेर हद र निवृत्तिभरण वितरणसम्मको कुरामा असर पर्छ कि पर्दैन, सरकारको आधिकारिक धारणा आउनु पऱ्यो १
७. जन्मतिथिको समेत महत्व रहने विवाह योग्य उमेर, विवाह दर्ता, पारपाचुके, सन्तानको पहिचान लगायत नाबालिग वा सावालिकताको किटान जस्ता विवादमा प्राकृतिक जन्म तिथिलाई आधार मान्ने कि राष्ट्रिय परिचय पत्रमा उल्लेख भएको कृत्रिम जन्मतिथिलाई आधार मान्ने ?
८. प्राकृतिक जन्ममितिलाई कृत्रिम तरिकाले संशोधन गर्न पाइने कि नपाइने ? यदि सरकारले यस्तो विशेषाधिकारको प्रयोग गर्ने हो भने सरकारले लोग्नेमान्छेलाई स्वास्नीमान्छे वा स्वास्नीमान्छेलाई लोग्नेमान्छे बनाइदिन मिल्छ ?
९. जन्मदिने आमा ठूलो कि सरकारी कर्मचारी ठूलो ? आमा जिवित हुनेको हकमा आमाबाटै आफ्नो सन्तानको जन्ममितिको स्वघोषणा गराउन किन नमिल्ने ?
१०. मैले हिजो उपप्रधानमंत्री तथा गृहमंत्री नारायणकाजी श्रेष्ठलाई यी यावत कुरा राखें ! उपप्रधानमंत्री सॅगै रहेका गृहका एक उच्च पदस्थ अधिकारीले तपाईलाई त्यस्तो समस्या परे मकहॅा लिएर आउनुस् भन्नु भयो ! मैले भनें- मेरो केसमा यस्तो समस्या छैन, तर आम सर्वसांधारणलाई परेको समस्या र अनुभवबाट मैले मेरा कुरा राखें, उचित व्यवस्था मिलाउने काम तपाईहरूको हो भनें !
११. मैले एक नागरिकको दायित्व पूरा गरें ! तपाईले उठाउनु भएको कुरा हामी हेर्छौ भनी उपप्धानमंत्रीले आश्वासन दिनु भयो। अब बल उहॅाको कोर्टमा छ ! यसबारे तपाईको समस्या केही छ भने लिएर आउनुस, तपाईको मिलाइदिउॅला एक अधिकृतले भन्नु भयो । मैले व्यक्तिगत फेबर (favour) खोजेको होइन भनेर म त्यहॅाबाट उठेर हिडें ।
१२. नेपालका सांसदहरूले पनि राष्ट्रिय परिचयपत्रका बारे केही अध्ययन गरेको मैले पाएको छैन, यी सबै तदर्थबादमा चल्दा रहेछन् ! यीनलाई सांसद विकास कोष बाहेक अन्य केही कुराको मतलब रहेनछ ! त्यसैले बालेन साहले एक्लै यी वडाध्यक्ष हैसियतका सांसदहरूलाई कटाक्षयुक्त चूनौति दिएका रहेछन् भन्ने सम्झना भएर आएको छ !


