समाचार

सहकारीबाट १४ अर्ब ठगी प्रकरणः शिव शिखरका अध्यक्ष शर्मा भारतबाट पक्राउ

१२ असार, काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरिएको हो ।

मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरीको सीआईबीको टोलीले पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको छ ।

बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।