खेलकुद

विजेता खेलाडीलाई सम्मान

१३ असार, बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ ।

काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ विजयी भएका खेलाडीलाई मङ्गलबार बेनीमा आयोजित कार्यक्रममा रु एक लाख पाँच हजारसहित सम्मान गरेको हो । उहाह्रुलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलगायतले सम्मानपत्र, दोसल्लासहित सम्मान गरेका हुन् ।

यही असार ९ गते सम्पन्न फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले मेयर कप बास्केटबलको उपाधि जितेको थियो । विजेता खेलाडीले रु एक लाख पुरस्कारसहित ट्रफी प्राप्त गरेका थिए ।