पत्रपत्रिका

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई नौ बुँदे स्पष्टीकरण

१३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयलले सरकारको नीतिविपरीत अन्तर्वार्तामार्फत अभिव्यक्ति दिएर सरकारलाई चुनौती दिने गरी काम गरेको भन्दै असार ११ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार स्पष्टीकरण सोधिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले भने, “सात दिनको समयसीमा तोकेर मङ्गलबार प्राधिकरणलाई पत्र पठाइएको छ ।

उड्डयन सुरक्षा, महानिर्देशकले निर्वाह गर्नुपर्ने जिम्मेवारी, निर्माणसम्पन्न विमानस्थल सञ्चालनमा भइरहेको ढिलाइ, उडान सुरक्षा मूल्याङ्कन, विमानस्थल निर्माणलगायतका हवाई पूर्वाधार विकासबारे जानकारी मागिएको हो ।”मन्त्रालयले सात दिनभित्र जवाफ पेस गर्ने गरी नौ बुँदे स्पष्टीकरण सोधेको उनले बताए । मन्त्रालयले पठाएको स्पष्टीकरण पत्रमा नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका व्यक्तिले सरकारका नीति, नियम, कार्यव्रmम पालना गर्ने/गराउने कर्तव्य र जिम्मेवारी भए पनि सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौती दिने कार्यमा संलग्न रहेको पाइएको भन्दै स्पष्टीकरण सोधिएको उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० को सङ्घीय संसद्ले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट््याउने भनी उल्लेख भएको र सोहीबमोजिम प्रव्रिmया अघि बढिरहेको अवस्थामा महानिर्देशक अधिकारीले आफ्नो पदीय जिम्मेवारीविपरीत सरकारको नीतिविरुद्ध कार्य गर्दै आएको पत्रमा उल्लेख छ । गोरखापत्र दैनिकमा समाचार छ ।