१३ असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।
७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी मंगलबा राति चीनको सिचुवान प्रान्तको भ्रमणमा प्रस्थान गरेका हुन् ।
मंगलवारदेखि ५ दिनसम्मको भ्रमणका लागि राति ११ः२० बजेको उडानमार्फत उनी चीन गएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डललाई मङ्गलबार राति नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बिदाइ गरेका थिए ।