पत्रपत्रिका

चौरमा पढ्दै बालबालिक

१४ असार, सिन्धुलीमाढी । सिन्धुलीको कमलामाई नगर पालिका–४, केराबारीको एक प्राथमिक विद्यालयका विद्यार्थी एक सातादेखि चौरमा बसेर पढिरहेका छन् । जस्तापाताले छाएको विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि विद्यार्थी खेलमैदानमा बसेर दिनभर पढ्छन् ।

बालविकास कक्षासहित कक्षा ५ सम्म सञ्चालित यो विद्यालयमा अहिले ४३ बालबालिका अध्ययनर त छन् । छानो उठाएपछि कक्षाकोठा बस्नयोग्य नभएको र विद्यालयमा अरू कोठाको अभाव भएपछि चौरमै बसेर पढ्न पढाउन बाध्य भएको सो विद्यालयका प्रधानाध्यापक हेमबहादुर आलेले बताए ।

खुला चौरमा पढ्नुपर्ने भएपछि बालबालिका विद्यालय आउने क्रम घट्दै गएको बताइएको छ । दिनै जसो पानी परिरहेकाले कक्षाकोठा हिलाम्मे रहेको र कक्षाको ठाभित्र राखे र पढाउन सक्ने अवस्था नरहेको उनले जानकारी दिए । विद्यालयको छानो उडाएको एक साता बितिसके पनि कसैले चासा नदिएको उनले गुनासो गरे । गोरखापत्र दैनिकमा समाचार छ ।