अन्तर्राष्ट्रिय

पाकिस्तानको कराँचीमा व्यक्तिगत दुश्मनीका कारण ३ जनाको मृत्यु, १ घाइते

१५ असार, एजेन्सी । कराँचीको बल्दिया शहरमा सशस्त्र अपराधीहरूले व्यक्तिगत दुश्मनीु को कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन ।
एआरवाई न्युजले बिहीबार जनाएअनुसार अनुसार घटना बलदियाको रसिदाबाद क्षेत्रमा भएको थियो जहाँ सशस्त्र अपराधीहरूले तीन नागरिकको हत्या गरी चार वर्षीय बालकलाई गोली हानेर घाइते बनाएका थिए।
प्रहरीले विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई गोली लागेको र उपचारको लागि स्थानीय अस्पतालमा लगिएको जनाएको छ।
मृतकहरू मोहम्मद जुनैद, इम्तियाज, सीफान र मुहम्मद अयान रहेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक (एसपी) बल्दियाले प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसीबीका कारण घटना भएको पाइएको बताएका छन् ।
यसअघि मार्चमा कराँचीको कश्मीर रोड क्षेत्रमा ुव्यक्तिगत दुश्मनीु को कारण अज्ञात आक्रमणकारीहरूले एक नागरिकको गोली हानी हत्या गरेका थिए।