१७ असार, काठमाडौं । श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार एक प्रेस नोट जारी गर्दै आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् ।
आज कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । भोलि सोमबारदेखि सबै उडान सञ्चालन गरिने एयरलाइन्सले जनाएको छ ।
हिजो काठमाडौंबाट धनगढी उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फिर्ता ल्याईएको थियो ।