पत्रपत्रिका

मलेसिया जानेको संख्या घट्यो

१७ असार, काठमाडौं । नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य भए पनि पछिल्लो समय मलेसिया जानेको संख्या घटेको छ ।

मलेसियाले न्यूनतम तलब बढाएपछि करिब ६ महिनाअघि त्यसतर्फ जानेको संख्या उच्च दरले बढेको थियो । तर, अहिले नेपालका लागि निर्धारण गरेको विदेशी श्रमिक कोटा रोक्का गरेपछि जाने श्रमिक संख्या घटेको हो ।

गत बैशाखमा ११ हजार ३ सय १० जना मात्र मलेसिया गएका छन् । मलेसियाले नेपालको जस्तै बंगलादेशबाट पनि श्रमिक नलिने जनाएको थियो । तर बंगलादेशी श्रमिक भने मलेसिया गइरहेका छन् ।

नेपाल वैदेशिकरोजगार व्यावसमायी संधका महासचिव मेघराज भुर्तेलका अनुसार मलेसियाले सन् २०२३ बाट नेपालबाट लिने श्रमिकका लागि त्यँहााका रोजगारदातालाई दिँदै आएको कोटा बन्द गरेको छ । अहिले नेपालबाट जारी भएको श्रमस्वीकुति पहिलेकै कोटा भएको उनले बताए । कारोबार दैनिकमा समाचार छ ।