समाचार

दुईतर्फी नै खुल्यो नारायणगढ-मुग्लिन सडक

चितवन, असर १७ । अवरूद्ध नारायणगढ-मुग्लिन सडक आइतबार साँझ ६ बजेबाट खुलेको छ । तुइन खोला पुलनजिकै पहिरो जाँदा शनिबार मध्यरातदेखि अवरूद्ध सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।

सडकमा गाडीहरू धेरै भएकोले आ-आफ्ना लेनअनुसार गाडी चल्न दिने प्रहरीले जनाएको छ ।