समाचार

ललिता निवास प्रकरण : थप ३ पक्राउ

काठमाडौं, १७ असार । ललिता निवास जग्गा प्रकरणको आरोपमा थप ३ जना पक्राउ परेका छन् । प्रहरीले आइतबार बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भट्टाराई २०६० सालमा कमनापा-४ का तत्कालिन वडासचिव ( हाल महानगरका अधिकृत) हुन् । त्यस्तै, कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।