समाचार

कोशी प्रदेशका प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान

विराटनगर, १७ असार । कोशी प्रदेशका प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको लागि ५ दिन समय दिएरका छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् । अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ ।