समाचार

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य

काठमाडौं, १७ असार । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ । मस्यौदामा प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दिँदा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने उल्लेख छ ।

आयोगले स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कुनै एउटा मात्र पदमा उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने समेत आयोगको निर्णय छ । वडाअध्यक्ष पदमामा पनि ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने समेत प्रस्ताव छ ।