समाचार

उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने गठबन्धनको निर्णय

काठमाडौँ, असार १८ । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने भएको छ ।

आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले कोशी प्रदेशमा पनि केन्द्रमा रहेको गठबन्धनकै सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

गठबन्धनभित्र कोशीमा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले कांग्रेसलाई मुख्यमन्त्री दिएपछि बाँकी मन्त्रालय कसलाई दिने ? कसरी विश्वासको मत जुटाउने ? त्यो क्रमशः अघि बढ्ने एक नेताले जानकारी दिए ।