अन्तर्राष्ट्रिय

हेगस्थित बेलारुसको दूतावासमा आक्रमण

एजेन्सी । हेगमा रहेको बेलारूसी दूतावासमा आइतबार अज्ञात व्यक्तिहरूले आक्रमण गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ।
“घटना जुलाई २ मा बिहानको समयमा भएको,” बेलारूसी दूतावासले उल्लेख गरेको छ ।

दूतावासले आक्रमणकारीहरूलाई डच प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । डच प्रसारकका अनुसार आक्रमणकारीहरूले दूतावासको भवनको झ्यालहरू तोडेको र भवनमा ढुङ्गा प्रहार गरेको बताएका छन् ।

आक्रमणकारीहरूले भवना भित्ताहरूमा विभिन्न किसिमका नाराहरू पनि लेखेका थिए । ती नाराहरूमा बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोलाई आतङ्कवादसँग जोडिएको छ ।