आर्थिक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

लुम्बिनी, १८ असार । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले सोमबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँले घटाएको छ । यो संगै पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलमा प्रतिलिटर १५०/१५० पर्नेछ ।

आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।