समाचार

कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धामी नियुक्त

कर्णाली, १८ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा सह–प्रा.डा. डबलबहादुर धामी नियुक्त भएका छन् ।

यसअघिका शिक्षाध्यक्ष डा निरेश थापाले विसं २०८० वैशाख १ गते पदबाट राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा डा धामीसहित प्रा.डा. मुनिराज क्षेत्री र सह–प्राडा कुशल भट्टराईले आवेदन दिएका थिए । दुई महिना १६ दिनसम्म खाली रहेको शिक्षाध्यक्ष पदमा उपकुलपति डा मङ्गल रावलको सिफारिसमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा. धामीलाई सो पदमा नियुक्त गरिएको हो ।

फार्माकोलोजिष्ट सह–प्रा.डा. धामी बझाङ् जिल्ला निवासी हुन् । उनले काठमाडौँ विश्वविद्यालयबाट एमडी इन क्लिनिकल फार्माकोलोजी एन्ड थेरापिउटिक्स अर्थात् औषधि विज्ञानमा स्नातकोत्तर गरेका छन् ।