पत्रपत्रिका

राजश्व ऋणात्मक, गत वर्षभन्दा एक अर्ब कम

१९ असार, काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको समस्या, वैदेशिक व्यापारमा आएको गिरावट लगायतका कारण यो वर्ष राजस्व संकलन ऋणात्मक भएको छ । हरेक वर्ष राजस्व संकलन वृद्धि हुँदै गएको भए पनि चालु आर्थिक वर्ष राजस्व संकलन ऋणात्मक भएको हो ।

महत्वाकांक्षी लक्ष्य राखेको कारण सरकारले राजस्व संकलनको लक्ष्य प्राप्ति गर्न चुकेको मात्र होइन पोहोरको भन्दा राजस्व पनि करिब १ खर्ब कम संकलन गरेको छ ।

आर्थिक वर्ष सकिन दुई साता बाँकी रहँदा ६१.३६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पोहोर असार १७ गतेसम्म ९ खर्ब ७३ अर्ब ६१ करोड राजस्व संकलन भएकोमा यो वर्षको सोही अवधिमा ८ खर्ब ६१ अर्ब रूपैयाँमा मात्र संकलन भएको छ ।

यसरी हेर्दा पोहोरको भन्दा १ खर्ब १२ अर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ । आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको हो ।

घरजग्गाको पुँजीगत लाभकर, सेयर कारोबारबापत आउने कर, वैदेशिक व्यापारबाट आउने भन्सार महसुल लगायतमा आएको गिरावटले राजस्व संकलनमा कमी आएको छ । कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरको प्रभाव अहिले देखिएको छ । नागरिक दैनिकमा समाचार छ ।