समाचार

न्यायाधीश र कर्मचारी असुरक्षित भएको भन्दै पुगे सर्वोच्च अदालतमा

१९ असार, ललितपुर । ललितपुरको जिल्ला अदालतका न्यायाधीश र कर्मचारीहरू काम गर्न असुरक्षित भएको भन्दै कार्यालय छाडेर सर्वोच्च अदालत पुगेका छन् । कार्यालय समयमा बाहिर कर्मचारी र न्यायाधीशहरुको नाम लिएर मुर्दावाद भन्दै नाराबाजी गरेपछि ललितपुर जिल्ला अदालतको सुनुवाइ प्रभावित भएको छ ।
ललितपुर जिल्ला अदालतका नासु प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले कुटपिट गरेपछि आन्दोलनको सुरुवाती भएको हो ।