काठमाडौं, असार १९। राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने छ । राष्ट्रपति पौडेलमा भारतमा गराएको उपचारको खर्च स्वयं आफैले व्यहोर्ने भनेपनि १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिको सचिवालयले गत बैशाख १९ गते एक प्रेम नोटिस जारी गर्दै भारतमा गराएको सम्पूर्ण उपचार खर्च राष्ट्रपति स्वयंले व्यहोर्न चाहेको कुरा जानकारी गराएको थियो ।
तर सरकारले राष्ट्रपतिको उपचारमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ । राष्ट्रपति पौडेलको स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित बनेपछि उपचार खर्च स्वयं बेहोर्ने जानकारी गराएको थियो ।





