अन्तर्राष्ट्रिय

विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिन फिङले मङ्गलबार बहुपक्षीयतालाई कायम राख्दै विश्वव्यापी शासन व्यवस्थामा सुधार गर्ने प्रयासमा जोड दिएका छन् । साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा भिडियो लिङ्क मार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त टिप्पणी गरेका हुन् ।

सो अवसरमा उनले आधिपत्यवाद र शक्तिको राजनीतिको विरोध गर्न, विश्वव्यापी शासन प्रणालीलाई थप न्यायपूर्ण बनाउन र सबैका लागि समान अधिकार, समान अवसर र निष्पक्ष नियमहरू अगाडि बढाउन ठोस र निरन्तर प्रयासद्वारा मानव समाजको आधुनिकीकरणलाई प्रवर्द्धन गर्न समेत आह्वान गरे ।