२० असार, काठमाडौं । जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् ।
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख बस्नेतलाई मन्त्रालयले काठमाडौंको सीडीओको जिम्मेवारी दिएको छ ।
८ वर्षअघि सहसचिव बनेका बस्नेत प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् ।