दाङ, २० असार । लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी भएको छ। बैठक चलिरहेको समयमा एक्कासी जेनेरेटरमा आगलागी भएकाले सभामुखले बैठक १० मिनेटलाई स्थगित गरेको बताए ।
सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेको थियो । बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षीहरुले उठाएको विषय सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।