बाग्मती

मानविय भावना जागृत गर्न नेपालभाषा विध्यार्थीहरुको भव्य रुपमा कार्यक्रम सम्मन्न

२३ असार, काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल भाषा विध्यार्थीले मानव सेवा गरेर पृथक् शैलीमा भव्य कार्यक्रम सम्पन्न गरेका छन् ।

अज्ञानरूपी अन्धकार हटाई ज्ञानको ज्योति छरी शिष्यको जीवनलाई उज्ज्वल बनाउन सार्थकता तुल्याउने गुरुको स्मरण गरी सो क्याम्पसका नेपाल भाषा बि.ए तथा एम. ए. अध्ययनरत विद्यार्थीले रत्न राज्यलक्ष्मीको सभा हलमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

कार्यक्रममा नेपाल भाषा अभियन्ता एवम् एवम् सुकुन्दा साहित्य पालाः तथा नेवा: विद्यार्थी युनियनका सचिव प्रशान्त डङ्गोलले गुरु र शिष्यबिच सुमधुर सम्बन्ध बनाउनका लागि वि।सं। २०७४ सालदेखि निरन्तर गुरुपुर्णिमा मनाउँदै आइरहेको जनाउँदै नेपाल भाषा अध्ययनरत विद्यार्थीहरुलाइ पाठ्य पुस्तकको अभाव लगायत विविध समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै कार्यक्रममा उपस्थित सम्पूर्ण गुरुवरलाई स्वागत तथा शुभकामना व्यक्त गरे।

नेवा: विद्यार्थी युनियन सहसचिव इन्द्रमान महर्जनले सञ्चालन गरिएको कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवाली, क्याम्पस रबिनदास श्रेष्ठ, नेपाल भाषा शिक्षक मदन सेन बज्राचार्य, नेपाल भाषा शिक्षक प्रा।डा। चन्द्रमान बज्राचार्य, शिक्षिका दिपना र्शमा, शिक्षिका सृमिला सुवाल, शिक्षिका सुनिता राजभण्डारी ‘जुनु’, शिक्षक अनुपसिंह सुवाल तथा शिक्षक योगेन्द्र राज कर्णिकारलाई संयुक्त विद्यार्थीद्वारा गुरू पुर्णिमा मनाएको कार्यक्रममा उपस्थित भएका गुरुवरहरूले गुरु शिष्यको महत्त्व परापूर्व कालदेखि भएको धारणा राखेका थिए ।

कार्यक्रममा जनगायक चन्द्रबहादुर माइला दाइले भजन प्रस्तुति गर्नुका नेवा: विद्यार्थी युनियनका सदस्य सुमति दास रञ्जितकार तथा एम। नेपाल भाषा विद्यार्थी रुपा शाहीले गुरुपुर्णिमाको महिमाको बारेमा कविता वाचन गरेका थिए ।

कार्यक्रमको सभापति रिदेन महर्जनले अबको अभियान नेवा: विश्वविद्यालय स्थापना अभियानमा अग्रसर भइरहेकाले नेवा: विश्व विद्यालय स्थापना गर्न कामनपा मेयर बालेन शाह तथा उपमेयर सुनिता डंगोल प्रतिबद्व रहेकाले सो अभियानमा सबैको साथ सहयोग गर्न अनुरोध गरे ।

सभापति महर्जनले रकम सङ्कलन गरी रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थी अनिल महर्जनका दाजु ४३ वर्षका विकास महर्जन क्यान्सरपीडितलाई ११ हजार तथा जन गायक चन्द्र बहादुर श्रेष्ठ ‘माइला दाइ’ का जहानको उपचारको लागि पाँच हजार नगद सहयोग गर्नेहरूलाई धन्यवाद दिई आगामी दिनमा आफूले सक्दो सेवा गर्ने धारणा राखेर कार्यक्रम सम्पन्न गरेका थिए ।

सहयोगको लागि अपिल

विकास महर्जन वर्ष ४३,हाल बसोबास ठेगाना नरदेवि तुंछेँगल्लि।हाल LOWER RECTAL ADENOCARCINDOMA cancer बाट पीडित भएकोले यहाँ समक्ष सहयोगको याचना गर्दछौँ। उनको आर्थिक स्थिति कमजोर भएको कारणले उपचारको निमित्त आर्थिक अभाव भएको हुनाले हजुरहरूको सानो सहयोगले जीवनदान पाउने भएकाले सहयोगको याचना गर्दछौँ

Anil maharjan

06501600141742000001

Nepal bank limited

रिदेन महर्जन ९८४९१३७२८८