राजनीति

यस्तै हो भने ०८४ मा काँग्रेसले जोसँग मिले पनि जित्दैन : प्रदीप पौडेल

२३ असार, काठमाडौँ । नेपाली कांग्रेस नेता प्रदीप पौडेलले अहिलेकै अवस्था रहने हो भने आगामी निर्वाचन कांग्रेसले जित्न नसक्ने दाबी गरेका छन् । उनले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा जुन पार्टीसँग मिले पनि काँग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् ।

त्यस्तै, उनले सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रहसमेत गरे । उनले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे । नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव सङ्कलन गर्नुपर्नेमा जोड दिए ।