आर्थिक

कोका-कोलाले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रममार्फत युवा उद्यमीहरूलाई सशक्त बनाउँदै

२४ असार, काठमाडौं । नेपाल– कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्रा लिमिटेड सँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरशिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण कार्यक्रम “सक्षम” को एक महत्वपूर्ण भाग हो, र यसले नेपालमा महिलाहरुद्वारा संचालित स्टार्टअपहरू र सम्भावित स्टार्टअपहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ, जसले कोका–कोलाको मूल्य शृङ्खलाभन्दा बाहिर महिला सशक्तिकरण गर्ने प्रतिबद्धतालाई विस्तार गर्दछ ।

युवा महिला उद्यमी एक्सेलेटर र मेन्टरसिप कार्यक्रमले अप्रिल २०२३ मा आवेदन खोल्दा काठमाडौं, पोखरा र चितवनभरका उत्साही महिला उद्यमीहरूबाट अत्याधिक प्रतिक्रिया प्राप्त भएको थियो । आवेदकहरूबाट आठ फाइनलिस्टहरूलाई वहाँहरूको नवीनताको विचार र सफलताको सम्भावनाको आधारमा छनोट गरिएको थियो ।

यी फाइनलिस्टहरुमा केहिक्राफ्ट्सका वृन्दा दिवान, डुलुवा आउटडोर्सका मेनुका गुरुब, साउथ एण्ड साउथ ईस्ट प्रोजेक्टका प्रकृति बस्याल, लर्नर्स रुमस्ः ए पाथ टु विजडमकी राशी महर्जन, सच्र्डकी रोजिना बराल, बाया–इन्जाइम्सकी सरला महर्जन, ग्रीनस्पेस नेपालकी शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन रहेका छन् ।

कार्यक्रम सुरु गर्नको लागि, जुन ११, २०२३ मा एक ओरीयेण्टेसन सेसन आयोजित गरिएको थियो, जसले फाइनलिस्टहरुलाई आफ्नो यात्रामा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्यो । सहभागीहरूलाई त्यसबेलादेखि वहाँहरूको उद्यमशीलताको प्रयासमा फस्टाउन र आवश्यक सीप र ज्ञानको साथ सुसज्जित गर्न एक्स्पर्ट सेसनहरु आयोजना गरिएको छ ।

फाइनलिस्टहरूले सम्मानित स्पिकर र सल्लाहकारहरूको नेतृत्वमा सेसनहरूमा भाग लिने सुअवसर पाएका छन्, जसमा लैङ्गिक र महिला अधिकार, नारीवाद र नेतृत्व, कानुनी प्रक्रियाहरू, जलवायु परिवर्तन, मार्केटिब रणनीति, वित्त र बैंकिबमा पहुँच, डिजिटल मार्केटिब, लाभदायक प्रस्तुतीकरण जस्ता आवश्यक विषयहरू समेटिएको छ ।

कोकाकोला कम्पनीका लागि नेपालका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थी भन्छन्, “यस कार्यक्रमले नेपालको गतिशील उद्यमशील परिदृश्यमा लैङ्गिक समानता र महिला सशक्तिकरणको लागि हाम्रो अटल समर्पणलाई जोड दिन्छ । यी महत्वाकांक्षी युवा महिला उद्यमीहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गरेर, हामीले दिगो इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेका छौं जसले उनीहरूको सफलतालाई मात्रै नभई नेपालको अर्थतन्त्रको समग्र विकासमा पनि महत्त्वपूर्ण योगदान र्पु याउँछ ।”