अन्तर्राष्ट्रिय

२३ अफगानीको आप्रवासी तस्करबाट उद्धार

असार २५, एजेन्सी । पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई देश भरि र उत्तरी सीमासम्म पु¥याएको अभियोजनकर्ताहरूले बताएका छन् ।

तर पेरू–ब्राजिल सीमामा पर्ने माद्रे दे डायोस विभागको इनापारी गाउँमा उनीहरूले आफ्नो पैसा ठगेर एउटा घरमा अलपत्र छोडेको सरकारी वकिलको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई खाना र उचित बासको प्रवन्ध नगरिकन सबै जनालाई एउटै घरमा छोठिदिएको विज्ञप्तिमा उल्लेख छ ।

यसरी त्यहाँ छोडिएकामध्ये दुई महिनाको शिशुसहित चार जना बालबालिकाको मृत्यु भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

अभियोजनकर्ताहरूले आप्रवासीहरूले तस्करहरूलाई कति रकम तिरेका थिए भन्ने बारे केही बताएका छैनन् ।

इक्वेडरसँगको पेरूको उत्तरी सीमा नजिकैको टम्बेस शहरमा जानुअघि अफगानीहरूलाई क्षेत्रीय शहरमा स्थानान्तरण गरिने र त्यसपछि राजधानी लिमामा लगिने विश्वास दिलाइएको थियो ।