असार २५, काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी A2 र A2 + नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपुर्ण रेड्मी A2 र A2 + ले सुलभ मूल्यमा प्रयोगकर्ताहरू समक्ष उल्लेखनीय अनुभव प्रदान गर्दछ ।
यी दुबै नयाँ फोनहरुमा दुई वर्षको वारेन्टी पनि रहेको छ । इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरूका साथ रेड्मी A2 र A2 + ले देशको स्मार्टफोनको परिदृश्यलाई पुनः परिभाषित गर्दछ ।
लन्चको बारेमा चर्चा गर्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंण्डाज्यूले भने, “रेडमी परिवारमा लेटेस्ट एडिसन को रूपमा, रेड्मी A2 र A2 + लाई सहज र छरितो पर्फर्मेन्स प्रदान गर्न निर्माण गरिएको हो । टप अफ द लाइन स्पेसिफिकेशनहरू र शक्तिशाली भिजुअलहरू प्रस्तुत गर्दै, यी फोनहरु नेपाली स्मार्टफोन बजारमा आक्रामक रुपमा उत्रिन तयार छन् ।”