२५ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेले राष्ट्रपतिलाई लेखेको पत्रको अपहेलना गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा स्पष्टिकरण दिँदै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नै लेखेको पत्रलाई अपहेलना गरेको आरोप लगाए ।
उनले आफूलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष ओलीले नै लेखेको पत्रलाई भारतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दै राष्ट्रपतिलाई लेखेको पत्रलाई अपहेलना गरेको बताए ।
एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर संसद अवरुद्ध गरेको थियो ।





