२६ असार, काठमाडौँ । ललिता निवास प्रकरणमा जोडिएका थप दुई पूर्वकर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालयका नायवसुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।
पौडेल र मिश्रलाई मन्त्रिपरिषद्बाट भएका निर्णयको अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरी नासु पौडेल हुँदै प्रमुख मालपोत अधिकृत कलाधर देउजासमक्ष पेस गरिएको आरोपमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।