समाचार

बल्छी धुर्वे, राजु मास्टरसहित कलाकारलाई ५ हजार धरौटीमा छाड्न अदालतको आदेश

२७ असार, काठमाडौं। कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल (राजु मास्टर) सहित कलाकारलाई ५/५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

बल्छी धुर्बे, राजु मास्टरसहित कलाकारहरु जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका थिए । अदालतले धरौटीमा छाड्ने आदेश दिएसंगै उनीहरु रिहाई भएका छन् ।