२८ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएका हुन् ।
ललिता निवास प्रकरणमा २४ असारमा प्रहरीले सचिव राउतलाई पक्राउ गरेपछि उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।
